2079-10-19
2079-10-19
कार्यालयको परिचय
जिल्ला प्रशासन कार्यालय, रुपन्देहीको स्वरुप तथा प्रकृतीः
नेपालको ७७ वटै जिल्लामा जिल्ला प्रशासन कार्यालय केन्द्रिय प्रतिनिधिकोरुपमा रही जिल्लामा शान्ति, सुव्यबस्था र सुरक्षा कायम गरी जनताको जीउ, धन र स्वतन्त्रताको संरक्षण गर्नु यस कार्यालयको मुख्य कार्य हो । यस कार्यालयका काम, कर्तव्य र अधिकारहरुलाई मूलतः स्थानीय प्रशासन ऐन, २०२८ ले व्यबस्था गरेको छ । जिल्लामा विकास निर्माण कार्यहरुको लागि उपयुक्त वातावरण निर्माण गर्न सहयोग र सहजीकरण, विपद् व्यबस्थापन, आपूर्ति व्यवस्थापन, सेवा प्रवाहको अनुगमन, प्रचलित कानुनमा तोकिएका विषयहरुमा न्याय निरुपण, आर्थिक अनियमितता एवं भ्रष्टाचार नियन्त्रण जस्ता कार्यहरु सम्पादन गरी जिल्लामा सुशासनको प्रत्याभूतिका लागि जिल्ला प्रशासन कार्यालयको महत्वपूर्ण भूमिका रहेको हुन्छ ।
जिल्ला प्रशासन कार्यालय, रुपन्देहीले जिल्लालाई शान्त, सुरक्षित र समुन्नत बनाउने दुरदृष्टि (Vision) का साथ विधिको शासन अवलम्वन गरी शान्ति सुरक्षाको अवस्थालाई सुदृढ बनाउँदै प्रभावकारी सार्वजनिक सेवा प्रवाहको माध्यमद्धारा सुशासनको प्रत्याभूति गर्ने लक्ष्य (goals) हरु लिएर काम गरिरहेको छ । यी लक्ष्यहरु प्राप्तिका लागि यस कार्यालयले सुरक्षा निकायहरुको समन्वयात्मक परिचालनद्धारा जिल्लामा शान्ति सुरक्षाको अवस्थालाई सुदृढ बनाउने, विधिको शासन सुनिश्चित गर्ने, विपद्को एकीकृत र समन्वयात्मक व्यवस्थापन गर्ने, आपूर्ति व्यवस्थापनलाई चुस्त बनाउने, सेवा प्रवाहलाई प्रभावकारी बनाउने, मानव अधिकारको संरक्षण गर्ने र पारदर्शिता एवं जवाफदेहिता सुनिश्चित गर्ने उद्देश्य (objectives) हरुलाई आत्मसात गरेको छ ।
मूल ध्येय (vision)
रुपन्देही जिल्लामा शान्ति, सुव्यबस्था र अमनचयन कायम राख्दै शान्त र सुशासनयुक्त समाजको स्थापना गरी “समृद्ध नेपाल सुखी नेपाली” को साझा राष्ट्रिय आकांक्षालाई साकार तुल्याउने ।
उद्देश्य (objectives)
जिल्ला प्रशासन कार्यालय, रुपन्देहीको काम, कर्तव्य र अधिकारः
© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, रुपन्देही .