Accessibility Mode सुरु गर्नुहोस्
मुख्य सामाग्री पढ्नुहाेस् मुख्य नेभिगेसन पढ्नुहाेस् वेबसाइट खोजमा जानुहोस् वेबसाइट खोजमा जानुहोस्
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, रुपन्देही

Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, रुपन्देही

बुधबार, असार ३१, २०८३

पहुँचयोग्यता मेनु

Website Language (भाषा)

You're viewing the website in Nepali Language. हालको भाषा नेपाली हो

Change to English

फन्ट साइज (अक्षरको आकार)

रङ्ग मोड/फिल्टर

प्रोटानोपिया (रातो कमजोरीका लागि), ड्युटेरानोपिया (हरियो कमजोरीका लागि), ट्राइटानोपिया (निलो कमजोरीका लागि)। थप पढ्नुहोस

ब्यान्डविथ

न्युन व्यान्डविथ मोडमा तस्विर तथा फाइल लोड नहुँदा मोबाइल डाटा कम खपत हुन्छ साथै वेबसाइट चाँडो लोड हुन्छ न्यून व्यान्डविथ

थप सुबिधा

पहुँचयोग्य मोड वेबसाइटको डिजाइन भन्दा सामग्री सहज/पहुँचयोग्य तवरले ग्रहण गर्ने विषयमा केन्द्रित हुन्छ

हाम्राे बारेमा

कार्यालयको परिचय

जिल्ला प्रशासन कार्यालय, रुपन्देहीको स्वरुप तथा प्रकृतीः

नेपालको ७७ वटै जिल्लामा जिल्ला प्रशासन कार्यालय केन्द्रिय प्रतिनिधिकोरुपमा रही जिल्लामा शान्ति, सुव्यबस्था र सुरक्षा कायम गरी जनताको जीउ, धन र स्वतन्त्रताको संरक्षण गर्नु यस कार्यालयको मुख्य कार्य हो । यस कार्यालयका काम, कर्तव्य र अधिकारहरुलाई मूलतः स्थानीय प्रशासन ऐन, २०२८ ले व्यबस्था गरेको छ । जिल्लामा विकास निर्माण कार्यहरुको लागि उपयुक्त वातावरण निर्माण गर्न सहयोग र सहजीकरण, विपद् व्यबस्थापन, आपूर्ति व्यवस्थापन, सेवा प्रवाहको अनुगमन, प्रचलित कानुनमा तोकिएका विषयहरुमा न्याय निरुपण, आर्थिक अनियमितता एवं भ्रष्टाचार नियन्त्रण जस्ता कार्यहरु सम्पादन गरी जिल्लामा सुशासनको प्रत्याभूतिका लागि जिल्ला प्रशासन कार्यालयको महत्वपूर्ण भूमिका रहेको हुन्छ ।

जिल्ला प्रशासन कार्यालय, रुपन्देहीले जिल्लालाई  शान्त, सुरक्षित र समुन्नत बनाउने दुरदृष्टि  (Vision) का साथ विधिको शासन अवलम्वन गरी शान्ति सुरक्षाको अवस्थालाई सुदृढ बनाउँदै प्रभावकारी सार्वजनिक सेवा प्रवाहको माध्यमद्धारा सुशासनको प्रत्याभूति गर्ने लक्ष्य (goals) हरु लिएर काम गरिरहेको छ । यी लक्ष्यहरु प्राप्तिका लागि यस कार्यालयले सुरक्षा निकायहरुको समन्वयात्मक परिचालनद्धारा जिल्लामा शान्ति सुरक्षाको अवस्थालाई सुदृढ बनाउने, विधिको शासन सुनिश्चित गर्ने, विपद्को एकीकृत र समन्वयात्मक व्यवस्थापन गर्ने, आपूर्ति व्यवस्थापनलाई चुस्त बनाउने, सेवा प्रवाहलाई प्रभावकारी बनाउने, मानव अधिकारको संरक्षण गर्ने र पारदर्शिता एवं जवाफदेहिता सुनिश्चित गर्ने उद्देश्य (objectives) हरुलाई आत्मसात गरेको छ ।

मूल ध्येय (vision)

रुपन्देही जिल्लामा शान्ति, सुव्यबस्था र अमनचयन कायम राख्दै शान्त र सुशासनयुक्त समाजको स्थापना गरी “समृद्ध नेपाल सुखी नेपाली” को साझा राष्ट्रिय आकांक्षालाई साकार तुल्याउने ।

उद्देश्य (objectives)

  • शान्ति, सुरक्षा र सुव्यबस्था
  • सहजीकरण
  • समन्वय
  • सुशासन

 जिल्ला प्रशासन कार्यालय, रुपन्देहीको काम, कर्तव्य र अधिकारः

  • जिल्लामा शान्ति, सुरक्षा र सुव्यबस्था कायम गर्ने ।
  • जिल्लामा संचालित विकास निमार्णका कार्यहरुमा सहयोग गर्ने ।
  • सार्वजनिक निकायबाट प्रवाह हुने सेवा प्रवाहको अनुगमन गर्ने ।
  • जिल्लामा रहेका सार्वजनिक सम्पतिको संरक्षण गर्ने ।
  • विपद् व्यबस्थापन सम्बन्धी कार्य गर्ने ।


पछिल्लो अपडेट गरिएको : 2083-03-30 16:44:55

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, रुपन्देही