Turn on Accessibility Mode
Skip to main content Skip to main navigation Skip to website search Skip to website search
Government of Nepal Logo
Government of Nepal

Ministry of Home Affairs

District Administration Office, Rupandehi

Government of Nepal Logo
Government of Nepal

Ministry of Home Affairs

District Administration Office, Rupandehi

Wednesday, Shravan 13, 2083

Accessibility Menu

भाषा (Website Language)

हालको भाषा अङ्ग्रेजी हो । You're viewing the website in english language

नेपाली भाषामा परिवर्तन गर्नुहोस्

Font Size

Color Mode/Filter

Protanopia (for red-weakness), Deuteranopia (for green-weakness), Tritanopia (for blue-weakness). Learn more

Bandwidth

On low bandwidth mode, images and files will not load making website faster and consumes less data Low Bandwidth

Other Tools

Dedicated accessibility mode focuses on the content than on appearance, menu flatens, sliders unfold

Brief introduction of the district

विश्‍व मानचित्रमा समुद्री सतहबाट १०० मिटरदेखि १२१९ मिटर सम्मको उचाईमा रहेको यो जिल्ला ८३० १२’ १६’’ देखि ८३० ३८’ ७’’ पूर्वी देशान्तर र २७० २०’ ००’’ देखि २७० ४७’ २५’’ उत्तरी आक्षांशमा फैलिएको छ । नेपालको ७ प्रदेश मध्ये लुम्बिनी प्रदेश अन्तर्गत पर्ने रुपन्देही जिल्लाको कूल क्षेत्रफल १,४०१ वर्ग किलोमिटर जसमध्ये खेतीयोग्य जमिन ८५,१२२ हेक्टर र ३२००६ हेक्टर बन जंगलले ढाकेको छ । बहुजातीय, वहुभाषिक, वहुधार्मिक, वहुसाँस्कृतिक बिशेषताहरु रहेको यो जिल्ला मुलुकको राजनैतिक बिभाजन अनुसार लुम्बिनी प्रदेशमा अवस्थित रहेको छ ।

     विश्व सम्पदा सुचीमा सुचीकृत शान्तिका अग्रदुत भगवान गौतम बुद्धको जन्मस्थल लुम्बिनी र मावलीगाँउ देवदह लगायतका स्थानहरु रहेको यस रुपन्देही जिल्लाको पुर्वमा नवलपरासी¸ पश्चिममा कपिलवस्तु¸ उत्तरमा पाल्पा र अर्घाखाँची तथा दक्षिणमा भारतको उत्तर प्रदेश राज्यको सिद्धार्थनगर र महाराजगञ्ज जिल्लासँग सीमाना जोडिएको छ । लुम्बिनी प्रदेश अन्तर्गत पर्ने रुपन्देही जिल्ला घना आवादी भएको जिल्ला हो । यसको उत्तरमा पहाडको भाग पर्दछ भने उत्तरबाट दक्षिणतर्फ ढलान हुँदै गएको छ । जितगढी किल्ला र राजा मणिमुकुन्द सेनको शीतकालिन दरवार यसै जिल्लामा रहनुले यसको आफ्नै धार्मिक¸ आर्थिक, ऐतिहासिक र पर्यटकीय महत्व रहेको छ । नेपालको दोस्रो ठुलो भन्सार नाका सुनौली यसै जिल्लामा पर्ने र यस जिल्लामा प्रशस्त मात्रामा उद्योग तथा कलकारखानाहरु रहेकोले यो जिल्ला व्यापारीक तथा औद्योगिक केन्द्रको रुपमा समेत परिचित छ । जिल्लाको उत्तरी भागमा पुर्व पश्चिम लोकमार्ग र सिद्धार्थ राजमार्गको आसपासमा पहाडी समुदाय र दक्षिण भेगमा मधेशी समुदायको बाहुल्यता रहेको छ । यस जिल्लामा हिन्दु धर्मावलम्बीहरुको बाहुल्यता रहेको भएता पनि मुस्लिम र बौद्ध धर्मावलम्बीहरुको समेत उल्लेख्य बसोबास रहेको पाईन्छ ।

 

  • कुलक्षेत्रफल – १४०१ वर्ग कि.मि. ।
  • निर्वाचन क्षेत्र - प्रतिनिधि सभा - ५,  प्रदेश सभा - १०
  • उपमहानगरपालिका – १ (बुटवल)
  • नगरपालिका – ५ वटा (सिद्धार्थनगर,लुम्विनी साँस्कृतिक, तिलोत्तमा, सैनामैना र देवदह) ।
  • गाँउपालिका :- १० वटा । (शुद्धोधन, ओमसतिया, गैडहवा, सियारी, कञ्चन, रोहिणी, कोटहीमाई, मर्चवारी, सम्मरीमाई, मायादेवी)
  • जनसंख्या :- ११,१८,९७५ (पुरुष ५,४७,५४५ ४९.१% महिला ५,७१,४३० ५०.९%) जनगणना २०७८ अनुसार
  • बार्षिक जनसंख्या वृद्धिदर :- २.३३%
  • लैङ्गिक अनुपात :- ९६.३३ पुरुष प्रति १०० महिला
  • जनघनत्व :- ८२५ प्रतिवर्ग कि.मी.
  • अपाङ्गता भएका जनसंख्याको प्रतिशत :- १.६%
  • अपाङ्गता भएका महिलाहरुको प्रतिशत :- १.४%
  • अपाङ्ग भएका पुरुषहरुको प्रतिशत :- १.९%
  • साक्षरता :- ७६.३४ (पुरुष-८१%, महिला-६२% )
  • ग्रामीण जनसंख्या :- ७९.६३%
  • शहरी जनसंख्या :- २०.३७%
  • औषत आयु :-     ५५.७५ वर्ष
  • नेपालको दोस्रो ठुलो भन्सारनाका (भैरहवा भन्सार कार्यालय बेलहिया, रुपन्देही)
  • शान्तिका अग्रदुत भगवान गौतमबुद्धको जन्मस्थल लुम्बिनी भएको हुँदा बिश्वका बौद्ध धर्मावलम्बीहरुको बाक्लो आगमन हुने गर्दछ ।
  • व्यापारीक तथा औद्योगिक केन्द्रको रुपमा परिचित ।
  • पर्यटकिय क्षेत्र (बाहृय तथा आन्तरिक) ।
  • खुला सीमाना :- ७०.२०० कि.मि. (रोहिणी गाउँपालिका देखि लुम्बिनी साँस्कृतिक नगरपालिका सम्मको) ४ वटा गाउँपालिका र २ वटा नगरपालिकाका केही वडा भारतको महाराजगञ्ज  र सिद्धार्थनगर जिल्लासँग जोडिएका ।
  • सीमा पिलर :- १३६ वटा 
  • सीमा नाका :- ३१ वटा 
  •  शैक्षिक संस्था :- ६५१ (विश्‍व विद्यालय-१, क्याम्पस-३३, मावि- २६४, आधारभुत-३५३)
  • स्वास्थ्य संस्थाहरु :- ५२६  वटा                 
  • सडक :- १३३६ कि.मि (पक्की-३२३,  ग्रावेल- ८२१, कच्ची-१९२ )
  • (पूर्व-पश्चिम राजमार्ग-४३ कि.मी, सिद्धार्थ राजमार्ग-२९ किमी)
  • बिमानस्थल :- १ (गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल )


Last Updated : 2083-04-12 17:08:06

© All Rights Reserved to District Administration Office, Rupandehi