विश्व मानचित्रमा समुद्री सतहबाट १०० मिटरदेखि १२१९ मिटर सम्मको उचाईमा रहेको यो जिल्ला ८३० १२’ १६’’ देखि ८३० ३८’ ७’’ पूर्वी देशान्तर र २७० २०’ ००’’ देखि २७० ४७’ २५’’ उत्तरी आक्षांशमा फैलिएको छ । नेपालको ७ प्रदेशहरू मध्ये ५ नं.प्रदेशमा पर्ने रुपन्देही जिल्लाको कूल क्षेत्रफल १,४०१ वर्ग किलोमिटर जसमध्ये खेतीयोग्य जमिन ८५,१२२ हेक्टर र ३२००६ हेक्टर बन जंगलले ढाकेको छ । निर्वाचन क्षेत्र ५ वटा, उप महानगरपालिका १ नगरपालिका ५, गाउँपालिका १० जनसंख्या ८,८०,१९६ ( २०६८ को जनगणना अनुसार) रहेको छ ।
यो जिल्लाको पूर्वमा नवलपरासी जिल्लाको सुनवल र रामग्राम न.पा.,तथा पल्हिनन्दन गा.पा. पश्चिममा कपिलवस्तु जिल्लाको वाणगंगा न.पा. र सुद्धोधन गा.पा. उत्तरमा अर्घाखाँची जिल्लाको सितगंगा न.पा. र पाल्पा जिल्लाको तिनाउ गा.पा. माथागढी गा.पा. रैनादेवी छहरा गा.पा. तथा दक्षिणमा छिमेकी राष्ट्र भारतको उत्तर प्रदेशको महाराजगंज र सिद्धार्थनगर जिल्लाका सिमानासंग रोहीणी गा.पा. सिद्धार्थनगर न.पा. मायादेवी, कोटहीमाई, मर्चवारी, सम्मरीमाई गा.पा. र लुम्बिनी सांस्कृतिक न.पा. जोडिएको छन र खुला सीमाना रोहिणी गाउँपालिकादेखि लुम्बिनी साँस्कृतिक नगरपालिका सम्मको ५९.५ कि.मि. दुरी रहेको छ । ४ गाउँपालिका २ नगर न.पा. का केही वडाभारतको महाराजगञ्ज र सिद्धार्थनगर जिल्लासँग जोडिएको छ । सीमा स्तम्भ ठूला साना गरी ३५ वटा रहेका, सवै पिल्लरहरू मर्मत भएको अवस्था छ । जिल्लाको दक्षिण सीमामा जोडिएका मुख्य नाकाहरु बेलहिया, भगवानपुर, मनहरापुर, अमवा,सेमरपानी, कदमहवा, खैराघाट, ठोटरी, चण्डीघाट, दुबेथुमुवा, हडवड, कालीदह, रहेका छन ।
© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, रुपन्देही
Powered By: ProActive Developers